नेक्सजेन म्यानेजमेन्टले पायो ‘डबल बी’ रेटिङ

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने तयारीस्वरूप केयर (एनपी ‘डबल बी’) इस्युअर रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडले २०८२ माघ १४ गते गरेको मूल्यांकनका आधारमा कम्पनीलाई उक्त रेटिङ प्रदान गरिएको हो । लगानी कम्पनीका रूपमा सञ्चालन हुँदै आएको नेक्सजेन म्यानेजमेन्टले २०८२ पुस मसान्तसम्म संस्थापक सेयरयरधनीबाट ५० करोड रुपैयाँ पुँजी संकलन गरिसकेको छ ।

२०७४ सालमा स्थापना भएको कम्पनी पछिल्ला ६ वर्षदेखि निरन्तर खुद नाफामा रहँदै आएको छ । यस अवधिमा कम्पनीले शेयरधनीलाई लाभांश समेत वितरण गरिसकेको छ भने कम्पनीको नेटवर्थ हाल अंकित मूल्यभन्दा माथि रहेको जनाएको छ । यसैबीच, २०८२ माघ ५ गते सम्पन्न विशेष साधारण सभाले कम्पनीको २० प्रतिशत आईपीओ निष्काशन गर्ने निर्णय पारित गरेको छ । उक्त निर्णयसँगै कम्पनीको चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुर्याउने प्रस्ताव पनि स्वीकृत गरिएको हो । आईपीओ निष्काशन प्रक्रिया व्यवस्थापनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल मार्केटसँग २०८१ मंसिर ८ गते नै सम्झौता गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *