कांग्रेसले केन्द्रबाटै खटायो निर्वाचन तयारी अनुगमन टोली
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति केन्द्रीय प्रतिनिधि खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रतिनिधि खटाएको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पाँचरसात दिनभित्र वास्तविक अवस्थाबारे केन्द्रमा रिपोर्टिङ गर्न केन्द्रीय टोली खटाइएको हो । खटाइएको टोलीमा ताप्लेजुङ, पाँचथर, इलाम र झापा गरी कोसी प्रदेशका चार जिल्ला हेर्नेगरी सहमहामन्त्री डा। डिला संग्रौला, पूर्वसहमहामन्त्री भीष्मराज आङदेम्बे केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाएको छ । यस्तै, कोसी प्रदेशअन्तर्गत पर्ने जिल्लाहरू संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीका लागि केन्द्रीय सदस्य अमृत अर्याल पूर्वकेन्द्रीय सदस्य मीन विश्वकर्मा, केन्द्रीय सदस्य तारामान गुरुङ र पूर्वकेन्द्रीय सदस्य उमेशजंग रायमाझीलाई खटाएको हो । कोसी प्रदेशका अन्य जिल्लाहरू सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर तथा मधेस प्रदेशका सप्तरी र सिरहा हेर्नेगरी वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जीलाई खटाएको छ । यसैगरी वाग्मती प्रदेशका जिल्लाहरू धादिङ, रसुवा, नुवाकोट र काठमाडौं हेर्नेगरी सहमहामन्त्री बहादुरसिंह (लामा) तामाङको नेतृत्वमा डा. केदारनरसिंह के।सी।, राजेन्द्रकुमार के।सी।, प्रतिमा गौतम, जितनारायण श्रेष्ठ र डा। अमिता प्रधान रहेको केन्द्रीय टोली परिचालित गरिएको छ ।
वाग्मती प्रदेशकै काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुर हेर्नेगरी नेता जिपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्यालको टोली परिचालन गरिएको छ । वाग्मती प्रदेशकै अन्य जिल्लाहरू भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवन जिल्ला हेर्नेगरी नेता अर्जुननरसिंह केसी., दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे र धर्मराज गौतम रहेको टोलि खटाइएको छ । गण्डकी प्रदेशअन्तर्गत पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङ हेर्नेगरी केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेल खटाइएको छ । गण्डकीकै स्याङ्जा, कास्की, मनाङ र नवलपुर हेर्नेगरी ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेललाई खटाएको छ । गण्डकीकै अन्य जिल्लाहरू गोरखा, लमजुङ र तनहुँ हेर्नेगरी अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारीलाई खटाएको छ ।
लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मी जिल्लाका लागि डा. गोपाल दहित, गेहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह रहेको टोली तथा कपिलवस्तु, अर्घाखाँची, रुकुम (पूर्व), प्यूठान र रोल्पा हेर्नेगरी कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई मगर र केशव आचार्यलाई खटाएको छ । लुम्बिनी प्रदेशकै अन्य जिल्लाहरू दाङ, बाँके र बर्दिया हेर्नेगरी चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रुपा विकलाई परिचालित गरेको छ । कर्णाली प्रदेशका जिल्लाहरू सुर्खेत, सल्यान, रुकुम (पश्चिम), जाजरकोट र डोल्पा हेर्नेगरी केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर विक र रंगमती शाहीलाई खटाएको छ । यस्तै, दैलेख, कालीकोट, जुम्ला, मुगु र हुम्ला हेर्नेगरी केन्द्रीय सदस्य जानकी सिंहको नेतृत्वमा दिपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानबहादुर नेपाली र कान्तिका सेजुवाललाई परिचालिन गरेको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कञ्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सीनालाई खटाएको छ भने कैलाली र डडेल्धुरा हेर्नेगरी जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वडलाई खटाएको छ । यस्तै, डोटी, अछाम र बाजुरा हेर्नेगरी नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्टलाई परिचालित गरेको छ ।
















