टाटा टियागो ईभीमा भ्यालेन्टाइन विशेष अफर, अब २४.९९ लाखमै पाइने

काठमाडौँ । नेपाली बजारमा लोकप्रियता कमाइरहेको टाटा टियागो इभीमा सिप्रदी ट्रेडिङले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डेलाई लक्षित गरी भारी छुट सार्वजनिक गरेको छ। ‘द पर्फेक्ट म्याच थिममा आधारित यस विशेष योजना अन्तर्गत ग्राहकले अब टियागो इभी मात्र २४।९९ लाख रुपैयाँमा खरिद गर्न सक्नेछन्। यसअघि २७.४९ लाख रुपैयाँ बजार मूल्य रहेको यस कारमा कम्पनीले सिमित अवधिका लागि साढे दुई लाख रुपैयाँ छुट दिएको हो। विशेष गरी सहरको व्यस्त सडकका लागि उपयुक्त मानिने यो विद्युतीय कार आधुनिक जीवनशैली र कम सञ्चालन खर्चका कारण युवा पुस्ता र नयाँ जोडीहरूमाझ चर्चित छ।

नयाँ प्रविधि र प्रिमियम फिचर्स खोज्नेहरूका लागि यो अफर एउटा उत्कृष्ट अवसर हुने कम्पनीको विश्वास छ। यो नयाँ मूल्य देशभर रहेका टाटा मोटर्सका सबै नयाँ टियागो इभीमा लागू हुने जानकारी सिप्रदीले दिएको छ। सिप्रदीका अनुसार यो विशेष मूल्य अफर आगामी फेब्रुअरी १४ (फागुन २ गते) सम्म मात्र मान्य रहनेछ। इच्छुक खरिदकर्ताले नेपालभर फैलिएका टाटा मोटर्सका आधिकारिक शोरुमहरूमा पुगेर यस अफरको फाइदा लिन र गाडीको अनुभव लिन सक्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *