तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र ‘पहाड’ वैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसको सामाजिक तथा आर्थिक प्रभाव चलचित्रको मुख्य विषय रहेको छ । चलचित्र ‘पहाड’मा निर्देशक घिमिरेले नयाँ र पुरानो पुस्तासँगको सहकार्य गरेका छन् ।

ओजस्वी केसीले निर्माण गरेको चलचित्रलाई प्रमोद प्रधानले छायांकन गरेका छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपीन कार्की, सुनील थापा, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँलगायत कलाकारले अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै छन् । चलचित्रमा रञ्जित गजमेरले संगीत दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *