तोलामा ११ हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २०) सुनको मूल्य तोलामा ११ हजारले घटेको हो । आजका लागि प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदी २७५ रुपैयाँले घटेर पाँच हजार ५४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ८१५ रुपैयाँ तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *