ओखलढुंगामा गोली लागेर एक जना घाइते भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्छौं – प्रहरी

प्रहरीले ओखलढुंगामा गोली लागेर एक जना घाइते भन्दै भ्रम फैलाउने व्यक्तिलाई कारबाही गर्ने बताएको छ । सुशासन समाचार नामक फेसबुक पेजबाट ओखलढुंगामा मतदान बिथोल्ने प्रयास, गोली लागेर एक घाइते भन्दै भ्रामक सूचना सम्प्रेषण भएको भन्दै प्रहरीले अफवाह फैलाउने व्यक्तिको पहिचान तथा खोजतलास गरी कारबाही गर्ने बताएको हो । साथै अहिले ओखलढुंगामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *