पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली

भक्तपुर । पिताको निधनपछि पत्नी राधिका शाक्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुगेका छन् । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *