नेपाल बैंकको मोबाईल बैंकिङ प्रयोग गर्दा बेकरी खरिदमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ । यस सम्झौताको अनुसार नेपाल बैंकका कर्मचारी र बैंकमा खाता राख्ने ग्राहकहरूले काठमाडौंका चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलास्थित ताजा बेकरी उद्योगका उत्पादन खरिद गर्दा छुट पाउनेछन् । नेपाल बैंकको मोबाईल बैंकिङ एपमार्फत भुक्तानी गर्दा, न्यूनतम ५०० रूपैयाँको खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्मको छुट लागू हुनेछ । उक्त सम्झौतापत्रमा चैत्र ११ गते बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *