प्रधानमन्त्री बालेन्द्र साहलाई चिनियाँ दूतावासको बधाई

काठमाडौं । नेपालका लागि चिनियाँ दूतावासले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहलाई बधाई दिएको छ। शुक्रबार एक सन्देश जारी गर्दै दूतावासले नेपालमा नयाँ सरकार गठन भएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहको सफल कार्यकालको शुभकामना दिएको हो । चीनले नेपालको नयाँ सरकारसँग नजिक रहेर काम गर्न आफू सदैव तत्पर रहेकोसमेत स्पष्ट पारेको छ । सन्देशमा भनिएको छ, ‘चीन प्रधानमन्त्री बालेन्द्र साहलाई कार्यभार सम्हाल्नुभएकोमा बधाई दिन्छ ।

हामी नेपालको नयाँ सरकारसँग मिलेर दुई देशबीचको परम्परागत मित्रतालाई अझ प्रगाढ बनाउन र व्यवहारिक सहयोगका क्षेत्रहरूलाई थप विस्तार गर्न पूर्ण रूपमा तयार छौं ।’ चीनले नेपालसँगको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा द्विपक्षीय हित, विकास र साझेदारीका कार्यहरूलाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *