बालेनलाई देउवाको बधाई

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई बधाई दिएका छन् । मुलुक बाहिर रहेका उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री बालेनलाई बधाई दिएका हुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ देउवाले लेखेका छन् । पूर्वप्रधानमन्त्री देउवाले बालेनसँगै मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा पछिल्लो समय हङकङमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *