नवनिर्वाचित उपसभामुख ठाकुरले लिइन् शपथ
काठमाण्डौं । प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच ठाकुरले शपथ लिएकी हुन् । उनलाई सभामुख डोल प्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसाहय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र साह लगायत उच्च पदस्थको सहभागीता रहेको थियो । उपसभामुखका लागि शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी हुन् । निर्वाचनमा उपस्थित २५६ सांसदमध्ये ठाकुरले २२९ मत प्राप्त गरेको सभामुख डीपी अर्यालले जानकारी दिए । ठाकुरको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे ।
















