निसान गाडीको ‘न्यू इयर, न्यू बिगिनिङ्स, न्यू ड्राइभ’ योजना सार्वजनिक

काठमाडौं । निसान गाडीले ‘नयाँ यात्रा’ शीर्षकमा विशेष नयाँ वर्ष योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफर पाउनेछन् । सीमित अवधिका लागि लागु गरिएको यस योजनाअन्तर्गत ग्राहकले अब निसान म्याग्नाइट प्रतिदिन जम्मा ९९९ रुपैयाँमा आफ्नो बनाउन सक्नेछन्, जसले यस लोकप्रिय कम्प्याक्ट एसयूभीलाई अझ सहज र पहुँचयोग्य बनाएको कम्पनीको दाबी छ । ‘नयाँ वर्ष अफरअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँसम्म एक्स्चेन्ज बोनस, एक वर्षको व्यापक बीमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन्’ कम्पनीले भनेको छ ।

निसान म्याग्नाइट नेपालमा रुचाइने कम्प्याक्ट एसयूभीमध्ये एक हो। यसको आकर्षक डिजाइन, सुविधासम्पन्न इन्टेरियर, दमदार प्रदर्शन र उत्कृष्ट मूल्यका कारण ग्राहकको रोजाइमा पर्दै आएको छ। ‘म्याग्नाइटले ५ स्टार ग्लोबल एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको छ, जसले ग्राहक सुरक्षाप्रति निसानको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ । निसान म्याग्नाइटमा उत्कृष्ट श्रेणीको २०५ एमएम ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट असिस्ट तथा रियर पार्किङ क्यामेरासहितको टचस्क्रिन जस्ता सुविधा उपलब्ध छन् । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि नेपालभर रहेका सबै आधिकारिक निसान शोरुममा उपलब्ध छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *