गोल्छा समूहले सञ्चालनमा ल्यायो ‘सर्वो’ लुब्रिकेन्ट उद्योग

काठमाडौं । गोल्छा ग्रुपले भारतको इण्डियन आयल कर्पोरेशन(आईओसी)को सहकार्यमा नेपालमा ‘सर्वो’ ब्राण्डमा लुव्रिकेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको छ । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाले केहि समयअघि सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् । उनका अनुसार नवलपुरको देवचुलीमा आईओसीको संयुक्त साझेदारीमा सर्वो ब्राण्डको लुव्रिकेन्ट्स उत्पादन गर्ने अटोमोवाइल लुब्रिकेन्ट्स उद्योग सञ्चालनमा ल्याइएको छ । उद्योगको सुरुवातसँगै नेपालको औद्योगिक र अटोमोबाइल क्षेत्रमा आवश्यक पर्ने उच्च गुणस्तरको लुब्रिकेन्ट स्वदेशमै उत्पादन हुने उनले विश्वास व्यक्त गरेको छन् । यो उद्योगबाट प्रत्यक्ष रूपमा १५० जनालाई रोजगारीको अवसर सिर्जना गरेको छ । नवलपुर क्षेत्रको आर्थिक विकासमा टेवा पुर्‍याउनुका साथै यो परियोजना नेपाललाई लुब्रिकेन्ट क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा एक महत्वपूर्ण कदम साबित हुने विश्वास लिइएको उनले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *