कृष्ण मन्दिर हत्या प्रकरणको हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाद्धारा नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी छन् । २०८२ साल चैत २५ गते सिर्जन नेम्वाङ र सुमित नेम्वाङको हत्या गरी हतियारसहित भागिरहेका अभियुक्तहरूलाई एक्लै लखेटी नियन्त्रणमा लिन सफल भएकी उनलाई मृतक दाजुभाइका आमाबुवाले नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

प्रहरी प्रभाग मंगलबजारमा कार्यरत बोहराको यो अत्यन्तै साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी परिसर ललितपुरको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरिएको हो । आफ्ना दुई छोरा गुमाएका आमाबुवाले हत्यारालाई ज्यानको बाजी थापेर पक्रन सफल भएकोमा बोहराप्रति कृतज्ञता प्रकट गर्दै ३५ हजार १०५ रुपैयाँ नगद प्रदान गरे। परिसरको सभाहलमा भएको उक्त कार्यक्रममा प्रहरीका वरिष्ठ अधिकारीहरूसँगै मृतकका आफन्तहरूको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *