गुरु सानुभाई थापा।

ब्रह्माण्डमा श्रृष्टि हाम्रो
जन्म मृत्यु त्यहि हो
गुरु तिम्रो दर्शन पाए
आशा पूरा भईगो ।

तिमी त्यस्तो भयौ गुरु
मनि यस्तो भए
ईश्वरको खटन पटन
यो रुपमा गए ।

सुखदुख जिवनले
नमेटिने रैछ
भाग्य हाम्रो सन्तुष्टमा
नभेटिने रैछ ।

धेरै पछि भेट भयो
साईत हाम्रो जुर्‍या
सुख दिन मिल्यो गुरु
तिमिलाई कुर्‍या ।

तिम्रो जीवन सुखमय
बनोस् सेरोफेरो
गुरु तिमिलाई सधै भरी
शुभ माया मेरो ।

जिवनको गोरेटोमा
सुख दुख हुन्छ
गुरु चेला भेट हुदा
खुसि हाँसो बुन्छ ।

बाँकि जीवन दम्पतिमा
मिठास भावना
सुख शान्ति दिर्घायुको
शुभकामना ।

बिश्र्वनाथ ढुङ्गेल (नुन वाजे)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *