नारायणगढ मुग्लिन सडकको तुइन खोलामा पहिरो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा सवारी साधन आवागमन प्रभावित भएको छ । उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको हो । बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडकको पहिरो हटाउन डोजर मगाइएको छ । पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ । पानीधारमा भने सडकमा खसेका ढुङ्गा हटाइसकिएको प्रहरी निरीक्षक सिंहले बताए ।
















