सरकारको सम्पर्कमा आए दुई हजार ६२ विस्थापित सुकुम्वासी परिवार

काठमाडौं । दुई हजार ६२ विस्थापित सुकुम्वासी परिवार सरकारको सम्पर्कमा आएका छन् । प्राथमिक दर्ता केन्द्र रंगशालामा नाम दर्ता गर्न आउनेको संख्या दुई हजार नाघेको हो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार, आइतबार (वैशाख २०) बिहान एक हजार ८८६ मा १७६ जना थपिएका छन् । विस्थापित सुकुम्वासी परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखेर सरकारले स्क्रिनिङ गरिरहेको छ । अहिले पनि डोजर चलाउने काम जारी राखेको छ । वास्तविक सुकुम्वासी र अतिक्रमणकारी छुट्याएर उचित व्यवस्थापना गर्ने सरकारको योजना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *