प्राइम टायल्सको नयाँ शोरूम वालिङमा
काठमाडौं । प्राइम सिरेमिक्स प्रालिले आफ्नोे नयाँ शोरूमको स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । न्यू भुसाल स्टोरमार्फत स्याङ्जामा सञ्चालनमा आएको नयाँ शोरूमले स्थानीय उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन र गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने कम्पनीको भनाइ छ । शोरुम उद्घाटन कार्यक्रममा उद्योगी, इन्जिनियर निर्माण व्यवसायी, आर्किटेक, कन्ट्रयाक्टर लगायत डिलर वर्ग र टायल्स मिस्त्रीहरुको उपस्थिति रहेको थियो । २०७८।७९ मा एकल ब्रान्डको रूपमा नेपालकै सबैभन्दा बढी बिक्री हासिल गरेको प्राइम टायल्सले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्दै देशव्यापी डिलर नेटवर्क बनाएको कम्पनीको भनाइ छ । वाल र फ्लोर टायल्स दुवैमा नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरिसकेको छ । वर्ष २०७८ मा स्थापना भएको प्राइम सिरेमिक्सले नेपाली उपभोक्ताका लागि गुणस्तरीय टायल्स उत्पादन गर्ने उद्देश्यले रौतहटको बृन्दावन नगरपालिकामा अत्याधुनिक प्रविधियुक्त कारखाना स्थापना गरेको हो । वार्षिक ४० लाख वर्ग मिटर उत्पादन क्षमता र ३ अर्ब रुपैयाँको लगानी रहेको यस उद्योगले नेपालमै पहिलोपटक वाल र फ्लोर टायल्स दुवै उत्पादन गर्ने विशेषता बोकेको छ ।
















