गुरुङलाई पुनः गृहमन्त्री बनाउने शक्ति को हो ?

काठमाण्डौं । सुदन गुरुङलाई पुनः गृह मन्त्रालयमा फर्काइएपछि वर्तमान सरकारको सुशासनको मुखुण्डो पूर्णरुपले उदाङ्ग भएको छ । गुरुङको चरित्र व्यवहार र क्रियाकलापले मात्र आपराधिक व्यक्तिको रूपमा उनलाई उभ्याउँदैन बरु उनको संलग्नता पनि त्यस्तै समूहसँग प्रस्ट देखिन्छ । गृहमा गुरुङ नै किन ? जेन्जी आन्दोलनमा पानी बाँड्ने स्वयम सेवकको रूपमा देखिएका रहस्यमय पात्र हुन सुदन गुरुङ । भदौ २३ र २४ गतेको आम हत्या र बिध्वसंकारी षडयन्त्रको पर्दापछाडिबाट ट्रिगर दबाउने व्यक्ति गुरुङ नै भएको थुप्रै घटनाहरूले प्रस्ट देखाइ सकेका छन् । भदौ २३ गतेको आन्दोलनलाई शान्तिपूर्ण गराउने ग्यारेन्टी सहित काठमाण्डौं जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनको अनुमति लिने मध्येका एक पात्र गुरुङ पनि थिए । तर,भदौ २३ मा हिंसा, तोडफोड, विध्वंस र विनाशको शृखला सञ्चालन गर्ने पनि उनै थिए । त्यसको तयारी भदौ २२ मा नै उनले डिस्कर्ड एप मार्फत गरेका थिए । विध्वंस मच्चाउन आवश्यक पर्ने उपकरण विस्फोटक पदार्थको जोहो पनि त्यही एप मार्फत उनले गरेको पुष्टि गर्ने कैयौँ सबुद सामुन्ने आइसकेका छन् । टीओबि मार्फत आतङ्क मच्चाउने योजना उनैको थियो । स्कुले विद्यार्थीलाई विद्यालयकै पोसाकमा आन्दोलनमा आउन आव्हान गर्ने,तिनलाई मानव ढालको रूपमा प्रयोग गरेर संसद् भवन माथि आक्रमण गर्ने योजना जसले बनाएको भए पनि त्यसलाई कार्यान्वयन गर्न फिल्डमा खटिने व्यक्ति गुरुङ नै थिए । उनको संलग्नता हतियार तस्कर ,कमिशनखोर र तस्करहरूसँग रहेको कुरा त्यहीताका सार्वजनिक भएको थियो । त्यसभन्दा बढी उनी बारम्बरा फाउन्डेसन मार्फत विदेशी शक्तिको लागी काम गरिरहेको र त्यही प्रयोजनका लागी हामी नेपाल नामक संस्था बनाइएको कुरा अब लुकेको विषय होइन । विदेशीका लागी काम गर्दै आएका गुरुङलाई सुशीला कार्कीको अन्तरिम सरकारमै गृहमन्त्री बनाउने योजना त्यो शक्तिले बनाएको थियो । त्यही रूपमा उनलाई सक्रिय पनि गराइयो ।

सेनापति समक्ष भएको वार्तामा,सुशीला सरकार गठनमा र त्यो ताकाका अनेक नौंटकीमा उनैलाई मुख्य पात्र बनाइएको थियो । तर, उनको सार्वजनिक प्रस्तुतिमा देखिएको कमजोर अवस्था त्यसमा बाधक बनेर खडा भयो र उनी मन्त्री बन्न सकेनन् । मन्त्री नभए पनि गुण्डागर्दी गर्ने,राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई थर्काउने,पुराना दललाई उठ्न नदिने घोषणा गर्दै अब देश आफ्नो कब्जामा आएको भनेर ऐलान गर्ने गरेर उनले आफूलाई डिफ्याक्टो गृहमन्त्रीको रूपमा प्रस्तुत गरिसकेका थिए । फागुन २१ गते भएको चुनावी नौंटकीपछि विदेशी शक्तिको गोटी बनेको रास्वपालाई विजयी घोषणा गरियो । त्यस पछि गुरुङ वैधानिक रूपमै शक्तिमा आए । उनलाई अप्रत्याशित रूपले गृहमन्त्री बनाइयो । त्यो घटनाले सामाजिक , राजनैतिक चेतना भएका जोकोहीलाई स्तब्ध गरायो । हुन त चुनाव अघि रास्वपाका बालेन्द्र साह र कुलमान घिसिङहरूलाई मिलाउन उनले गरेको हर्कत पनि कम चर्चाको विषय थिएन । कुलमान कारणवश तिनको घेरा बाहिर रहे पनि रबी र बालेन्द्र गुटको एकताको सूत्रधार उनैलाई बनाइएको थियो ।
गुरुङ किन फस्दैछन रु राजनीतिक सामाजिक चेतना, कानुन र संविधानको ज्ञान, अर्थ राजनीतिको समझ केही नभएका गुण्डागर्दी र डिजेको पृष्ठभूमिबाट आएका गुरुङलाई कानूनीराज ,सुशासन, लोकतन्त्र,संविधान आदि कोहीको पनि ज्ञान छैन । उनलाई मैले भनेपछि सबैले त्यसै गरी काम गर्नुपर्छ चाहे त्यो कानुनसम्मत होस वा नहोस् भन्ने लाग्छ । उनका अभिव्यक्ति पनि त्यस्तै हुने गर्छन् । त्यही भएर उनी वर्तमान सरकारका लागी घाँडो साबित हुँदै गएका थिए । उनको दिपक भट्टसँगको संलग्नता र उनका कम्पनीको संस्थागत शेयर लगानीको विषयमा उठेको विवादका कारण उनलाई मन्त्रीबाट हट्न बाध्य हुनुपर्‍यो । उनको सम्पत्ति, व्यक्तिगत चरित्र,भदौ २२,२३ र २४ को षडयन्त्रमा दाषी करार गर्ने गौरीबहादुर कार्की र मानव अधिकार आयोगको लिली थापा आयोग दुवैले दोषी ठहर गरे । मानव अधिकार आयोगले त उनलाई मुख्य अभियुक्त नै बनायो । र,पनि वर्तमान सरकारमा उनलाई नै गृहमन्त्रीमा दाहोर्याएर ल्याइयो । त्यसको कारण के हुनसक्छ ? अपराधीहरूको सरकार । गुरुङलाई सरकारमा पुनः ल्याउने उद्देश्यले गठन गरिएको छानबिन समितिले पनि उनलाई सफाइ दिन सकेन । उनको आर्थिक गतिविधि अस्पष्ट र अपारदर्शी छ भनेर स्पष्टै किटान गर्‍यो । तर, त्यो अवस्थाका लागी राज्यको नियम कानुनलाई दाषी ठहराइयो । विडम्बना के छ भने राज्यको कानुन व्यक्ति व्यक्तिको स्वार्थ हेरेर बनाइँदैन । राज्यको ऐन कानुनलाई फलो गर्नु हरेक नागरिकको कर्तव्य हुन्छ । प्रतिवेदन अनुसार नै पनि उनले त्यसलाई नमानेको प्रस्ट देखिन्छ । राज्यको दोष देखाएर उनलाई निर्दोष साबित गर्ने प्रपञ्चले सरकार नै अपराधीहरूको संरक्षक बनेको देखिन्छ ।
कसको स्वार्थमा यस्तो हुँदै छ ? भदौ २३ र २४ को विध्वंस मच्चाउने षडयन्त्रमा रास्वपा, बालेन्द्र साह समेत सत्ता बाहिर रहेका र सत्तामा तत्कालै पुग्न हतार गरिरहेका केही राजनीतिक दलहरूको संलग्नता प्रस्टै देखिन्छ । आजसम्मको अध्ययन अनुसन्धान र राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामा त्यसबारेमा पर्याप्त चर्चा पनि भएको छ । त्यो बिध्वशंकारी घटनामा विदेशी शक्तिको सिधा सिधै संलग्नता देखिन्छ र त्यसको यी नेपाली एजेन्टहरूमा गुरुङको स्थान सबभन्दा माथि देखिन्छ । अहिले गुरुङ गृहमन्त्रीमा निर्विकल्प देखिनुको कारण पनि आन्तरिक नभएर बाह्य नै भएको ठानिन्छ । रवि र बालेन्द्रभन्दा बढ्ता महत्त्व पाएकाले गुरुङलाई जतिसुकै अपराधी चरित्रको भए पनि छाड्न सक्ने अवस्था छैन । प्रधानमन्त्री र पार्टी सभापतिको कुर्सी सुरक्षित गराउनकै लागी पनि गुरुङलाई गृहमन्त्री बनाउनु पर्ने बाध्यता रहेको देखिन्छ । भदौ २३ र २४ को आतङ्ककारी आक्रमणमा बालेन्द्र साहको नेतृत्व रहेको देखिएको थियो । उनको संलग्नतालाई कार्की आयोगले स्पष्टै उल्लेख गरे पनि मानव अधिकार आयोगले त्यो खण्डलाई हाल सार्वजनिक गरेको छैन । लामिछानेको जेल ब्रेक काण्डले उनलाई अन्तर्राष्ट्रिय अपराधी साबित गरेको छ । यी घटनाबाट बचाउने गरी विदेशी शक्तिले आफ्नो बफादार एजेन्ट गुरुङलाई गृहमन्त्रीमा पुनः रहँदा र नरहँदा पनि उनले गरेका क्रियाकलापले उनलाई गृहमन्त्री योग्यताको आधारले बनाइएको होइन भन्ने चाही प्रस्टै देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *