गोल्डस्टारले बाढी प्रभावितलाई ६ हजार जोर जुत्ता,चप्पल सहयोग गर्ने
काठमाडौं । गोल्डस्टार स्ट्राइड लिमिटेडले रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ६ हजार जोर गोल्डस्टार जुत्ता तथा चप्पल सहयोग गर्ने भएको छ। कम्पनीले बाढीका कारण विभिन्न क्षेत्रका व्यक्ति, परिवार तथा समुदाय ठूलो क्षति, विस्थापन र कठिन परिस्थितिको सामना गर्न बाध्य भएको भन्दै यस्तो विपद्को समयमा सहयोगको हरेक कदम महत्वपूर्ण हुने जनाएको छ। गोल्डस्टारले प्रभावित समुदायका लागि अत्यावश्यक राहत सामग्रीका रूपमा जुत्ता तथा चप्पल उपलब्ध गराउन लागेको हो। कम्पनीले प्रभावित प्रत्येक परिवार र उद्धार तथा राहतमा खटिएका व्यक्तिहरूसँग आफूहरू साथमा रहेको जनाएको छ। गोल्डस्टार स्ट्राइड लिमिटेडले विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको समेत उल्लेख गरेको छ।

















