कृष्णभीरमा भासियो सडक, बाटो पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत पर्ने कृष्णभीरमा सडक भासिएको छ । आइतबार (भदौ १४) बिहान सडक भासिएसँगै बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने उक्त सडक त्रिशूली नदीमा आएको बाढीले कटान गरेको थियो । नदीले कटान गरेपछि सडक भासिएको प्रहरीले जनाएको छ । “धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडक भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ,” प्रहरीले भनेको छ । सडक भासिएसँगै सवारीसाधनलाई ‘सुरक्षित’ स्थानहरूमा रोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *