मनकामना केबलकारका कर्मचारीद्वारा बाढी पीडितका लागि ३ लाख ११ हजार रुपैयाँ सहयोग

काठमाडौं । मनकामना केबलकारका कर्मचारीहरूले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन् । कर्मचारीहरूको तर्फबाट संकलित कुल ३ लाख ११ हजार २२२ रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ । उक्त रकम एभरेस्ट बैंकको नयाँ बानेश्वर शाखामा रहेको कोषको खातामा जम्मा गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *