लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि रास्वपा सबैसँग सहकार्य गर्न तयार छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार पाँच वर्षसम्म नढल्ने बताएका छन् । कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सरकार ढल्ने हल्ला नचलाउन पनि उनले आग्रह गरे । यो सरकार पाँच वर्षसम्म ढल्दैन । सरकार ढल्छ भनेर हल्ला चलाउनेहरू बरु बेहोस भएर ढल्लान् तर सरकार ढल्दैन, उनले भने । आन्दोलनबाट सरकार नढल्ने उनले बताए । मैले सुनेको छु चाडपर्वपछि आन्दोलन हुँदैछ । सरकार ढाल्ने आन्दोलन भनिएको छ । आन्दोलनबाट सरकार ढल्नेछैन । सरकार ढाल्ने तागत जनतासँग मात्रै छ । हामीले काम गर्न सकेनौँ भने जनताले हाम्रो सरकार ढालिदिनेछन् । लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि रास्वपा सबैसँग सहकार्य गर्न तयार रहेको उनले बताए । रास्वपाले पाएको जनमतको अवमूल्यन र सरकारप्रति शंका व्यक्त नगर्न उनले आग्रह गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *