कांग्रेस महाधिवेशन, २२३१ मतगणना गर्दा कसको मत कति ?

काठमाडौं । नेपाली कांग्रेसको उपसभापित र महामन्त्रीहरूको मतगणना जारी रहेको छ । आइतबार दिउँसोसम्म २ हजार २३१ मत गणना सकिएको छ । उपसभापति खुलामा चन्द्र भण्डारी अगाडि छन् । भण्डारीको एक हजार ५७ मत रहेको छ । दुई पदका लागि भएको प्रतिस्पर्धामा मधु आचार्य दोस्रोमा छन् । उनको ७१२ मत रहेको छ । नेपाली कांग्रेसको निर्वाचन समितिका अनुसार, उपसभापित खुलामा २ हजार २२३१ मत गणना गर्दा गोविन्द भट्टराई ६०९, चन्द्रकान्त भण्डारी १०५७, चन्द्रमोहन यादव १९३, दीपक गिरी ३०१, धनराज गुरुङ ४०६, मधु आचार्य ७१२ र सुरेन्द्रराज पाण्डेको ६८० मत रहेको छ ।

यस्तै उपसभापति समावेशी एक पदका लागि भएको निर्वाचनमा जीवन परियारको ५७८, फरमुल्लाह मन्सुरको २८५, विनोदकुमार चौधरीको ६१५, रंजीत कर्णको १८३ र सीता गुरुङको ३३४ मत रहेको छ । चौधरी अगाडि देखिएका छन् । महामन्त्री खुला दुई पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल अगाडि छन् । अमरसिंह पुनको ६९५, उदयशमशेर राणाको ७८६, गुरुराज घिमिरेको ३२८, नैनसिंह महरको २७०, प्रदीप पौडेलको १३८१, शंकर तिवारीको ४६, डा. सन्तोष उपाध्यायको २८ र डा। सुनिल कुमार शर्माको ५२६ मत रहेको छ । महामन्त्री महिला एक पदका लागि भएको निर्वाचनमा डा. डिला संग्रौला पन्त ९६५ मतसहित अगाडि छिन् । महालक्ष्मी उपाध्याय डिनाको ९५२ र रिता खनालको २५१ मत रहेको छ । नेपाली कांग्रेसको महाधिवेशनमा सात हजार ४३ प्रतिनिधिहरूले मतदान गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *