पिपुल्स साकोसको २० औं साधारण सभा सम्पन्न
काभ्रे । बनेपामा रहेको पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्व र सल्लाहकारहरुको विशेष उपस्थितिमा सम्पन्न भएको छ । प्रमुख सल्लाहकार नवराज के.सी.ले गलत सञ्चालकका कारण सहकारीको मूल मर्म र असल सहकारीकर्मीको योगदानलाई नष्ट हुन दिन नहुने बताए । त्यस्तै सल्लाहकार राजन सापकोटाले संस्थागत लक्ष्य समय सापेक्षिक तवरमा लिनु पर्ने सुझाव सहितको मन्तव्य राखेका थिए । कानुनी सल्लाहकार ओमकाजी प्रजापतीले पिपुल्स साकोस सहकारी ऐन नीति र नियममा सञ्चालन भएको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष निरन शाक्यले सहकारीको मर्म, भावना सिद्धान्त र मुल्य मान्यतालाई अंगिकार गरी मासिक रुपमा कम्तीमा एक कार्यक्रम या तलिम सञ्चानल गर्दै आएको बताए । सदस्यहरुलाई धेरै रकम राख्ने झिक्ने भन्दा नियमित मासिक बचतमा जोड गराउदै राहत तथा अन्य सेवाहरु सहज, सरल र प्रभावकारी रुपमा पु¥याई संस्था सञ्चालित भएकाले उनीहरुको विश्वास जित्न सफल रहेको बताए । संस्थाले सदस्य सेवा कार्यक्रम अन्र्तगत उत्कृष्ट बचतकर्ता एवं ऋणी सम्मान, एसईई विद्यार्थी सम्मान, नवजात शिशु र जेष्ठ सदस्यलाई निःशुल्क सदस्यता वितरण, बुबा आमा सम्मान गर्दै आएको छ ।
सदस्यहरुलाई मोबाईल बैंकिङ, विभिन्न कम्पनीहरुको रेमिट्यान्स सेवा, मोवाईल रिचार्ज सेवा,टेलिफोन तथा विजुली भुक्तानी सेवा, न्यूनतम ५ हजार रकम भएका शेयर सदस्यहरुको १ लाख सम्म निःशुल्क दुर्घटना बीमा, स्वास्थ्य उपचार राहत, परिवार समवेदना राहत, सदस्य शिक्षा अन्तर्गत सदस्य साक्षरता वित्तीय साक्षरता र व्यवसायिक तालिम, खुल्ला रक्तदान जस्ता सामाजिक हितका कार्यक्रमहरु गरेको अध्यक्ष निरन शाक्यले सभामा जानकारी दिए । सभामा संस्थाको आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन सचिव सन्तोष कुमार घिमिरेले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवनराज कर्णजीतले र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन समिति संयोजक ऋषिराम गौतमले प्रस्तुत गरेका थिए । उक्त सभामा आ.व. ०८२।८३ को उत्कृष्ट कर्मचारीमा सहायक सरस्वती मानन्धरलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । संस्थाको गत असार मसान्तसम्म शेयर पूँजी २ करोड, निक्षेप संकलन २७ करोड ६ लाख ६५ हजार, ऋण लगानी २४ करोड ३१ लाख ४० हजार, जगेडा कोष १ करोड ७५ लाख १६ हजार र शेयर सदस्य एवं बाल बचत कर्ता समेत गरी ६ हजार ३ सय ९७ जना पुर्याउन सफल भएको छ । सभामा स्वागत मन्तव्य सञ्चालक सदस्य कपिलप्रसाद दुलालले राखेका थिए भने सभा सञ्चालन सचिव सन्तोष कुमार घिमिरेले गरेका थिए ।

















