प्रधानमन्त्रीको भारत भ्रमणमा ५२ उद्योगी,व्यवसायी सहभागी, खर्च आफैँ बेहोर्नुपर्ने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहको भारत भ्रमणमा ५२ सदस्यीय नेपाली व्यवसायी टोली पनि सहभागी हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ सदस्य रहनेछन् भने निजी खर्चमा ५२ जना व्यवसायी भारत जानेछन् । परराष्ट्र सचिव अमृत राईका अनुसार भ्रमणमा सहभागी हुने व्यवसायी टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणासहित महासंघका वर्तमान तथा पूर्वपदाधिकारी सहभागी हुनेछन् । त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीलगायत पदाधिकारी पनि टोलीमा रहनेछन् । व्यवसायी टोलीमा नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग व्यापार महासंघ, नेपाल(भारत चेम्बर अफ कमर्स तथा नेपाल वैदेशिक व्यापार संघका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् । यसैगरी ऊर्जा, पर्यटन, उद्योग तथा व्यापार क्षेत्रका उद्यमी र व्यवसायीहरू पनि भ्रमण टोलीमा समेटिएका छन् । सूचीमा विभिन्न व्यावसायिक संस्थाका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्यमी गरी ५२ जनाको नाम समावेश छ । परराष्ट्र मन्त्रालयका अनुसार व्यवसायीहरू आफ्नै खर्चमा भ्रमणमा सहभागी हुन लागेका हुन् ।
यी हुन् भारत भ्रमणमा जान लागेका उद्योगी.व्यवसायी
१. अञ्जन श्रेष्ठ, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ।
२. भवानी राणा, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ।
३. कृष्णप्रसाद शर्मा, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ।
४. गोपालप्रसाद तिवारी, महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ ।
५. सुनीता नेह्माफुकी, कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।
६. बटु लामिछाने, कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।
७. उज्ज्वल श्रेष्ठ, कार्यसमिति सदस्य तथा उद्योग समिति सभापति, नेपाल उद्योग वाणिज्य महासंघ ।
८. सागर ढकाल, कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।
९. निरज काफ्ले, व्यापार समिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।
१०. शिवकुमार अग्रवाल, अध्यक्ष, नेपाल वैदेशिक व्यापार संघ ।
११. वीरेन्द्रराज पाण्डे, अध्यक्ष, नेपाल उद्योग परिसंघ ।
१२. राजेशकुमार अग्रवाल, पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ ।
१३. निर्वाण चौधरी, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ ।
१४. राजबहादुर शाह, उद्योगी,व्यवसायी ।
१५. कमलेशकुमार अग्रवाल ( अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स ।
१६. दीपककुमार मल्होत्रा ( वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स ।
१७. खिमनारायण पराजुली ( अध्यक्ष, नेपाल उद्योग व्यापार महासंघ ।
१८. कुनाल कयाल ( उद्योगी,व्यवसायी ।
१९. सुनील केसी, उद्योगी,व्यवसायी ।
२०. करण चौधरी, पूर्वअध्यक्ष, नाडा अटो मोबाइल एशोसिएसन अफ नेपाल ।
२१. मोहनकुमार डाँगी, अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ।
२२. गणेश कार्की , पूर्वअध्यक्ष, इप्पान ।
२३. पुष्कर पौडेल, उद्योगी,व्यवसायी ।
२४. भरतजंग पाण्डे, अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ।
२५. पशुपति देव पाण्डे, उद्योगी,व्यवसायी ।
२६. अर्जुनकुमार श्रेष्ठ ( उद्योगी,व्यवसायी ।
२७. शोभा गुरुङ, उद्योगी,व्यवसायी ।
२८. गोविन्दप्रसाद घिमिरे, उद्योगी,व्यवसायी ।
२९. सरोज श्रेष्ठ, उद्योगी,व्यवसायी ।
३०. रवीन्द्र शाक्य, उद्योगी,व्यवसायी ।
३१. सुरेन्द्रकुमार उप्रेती, अध्यक्ष, नाडा ।
३२. विनायक शाह, अध्यक्ष, होटेल संघ नेपाल (हान) ।
३३. सागर पाण्डे, उद्योगी,व्यवसायी ।
३४. विभूषण बिष्ट, उद्योगी,व्यवसायी ।
३५. दर्शना श्रेष्ठ, उद्योगी,व्यवसायी ।
३६. दिकिला शेर्पा लामा, उद्योगी,व्यवसायी ।
३७. बलराम गुरुङ, उद्योगी,व्यवसायी ।
३८. सचिन ढकाल, उद्यमी ।
३९. नितेश मालपानी, उद्यमी ।
४०. कल्याण गुरुङ, उद्योगी,व्यवसायी ।
४१. तुकप्रसाद पौडेल, उद्यमी ।
४२. जीवा लामिछाने, उद्यमी ।
४३. दिरेकलाल श्रेष्ठ, उद्यमी ।
४४. अनुप आचार्य, उद्यमी ।
४५. नरेश दास, उद्यमी ।
४६. यमुना श्रेष्ठ, उद्यमी ।
४७. विष्णुकुमार अग्रवाल, उद्यमी ।
४८. दिलीप अग्रवाल, उद्यमी ।
४९. सञ्जय काफ्ले, उद्यमी ।
५०. दीपक थापा, उद्यमी ।
५१. निकोलस पाण्डे, उद्योगी,व्यवसायी ।
५२. राजनकुमार वन, उद्यमी ।


















