भारतको २ खर्ब ४० अर्ब सहयोगमध्ये १ खर्ब ८४ अर्ब ऋण, ५६ अर्ब अनुदान
काठमाडौं । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रूपैयाँ (२४ हजार करोड नेपाली रुपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री बालेन साहको भारत भ्रमणका क्रममा भएको दुईपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा यसबारे जानकारी गराइएको हो । उक्त विकास सहायता अन्तर्गत विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार परियोजनाहरू निर्माणका लागि ३५ अर्ब भारतिय रुपयाँ अथात् ५६ अर्ब रुपैयाँ अनुदान सहायताका रूपमा प्रदान गरिनेछ । त्यस्तै ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि १ खर्ब १५ अर्ब भारतिय रुपैयाँ अथात् १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट) उपलब्ध गराइने भएको छ । यस सहायता अन्तर्गत छनोट गरिने विशिष्ट परियोजनाहरू तथा सहायता प्रदान गर्ने ढाँचा (मोडालिटी) आपसी परामर्शमार्फत अन्तिम रूप दिइने जनाइएको छ ।

















