१९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल जेठ ९ गते आयोजना हुने
काठमाण्डौं । दरबारमार्गमा आगामी जेठ ९ गते १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ। यस वर्ष एक्सट्रिम इनर्जी ड्रिङ्कुको मुख्य प्रायोजनमा यो उत्सवलाई एक्सट्रिम स्याटर्डेका रूपमा मनाइने भएको हो। दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन दिने लक्ष्य राखेको छ। हरेक वर्ष झैँ स्ट्रिट फेस्टिभलको भरपुर मजा निःशुल्क लिन पाइनेछ।
महोत्सवमा बालबालिकाका लागि विभिन्न खेलहरू, बास्केटबल, इ–स्पोट्र्स, सांस्कृतिक झाँकीहरू र फोटो बुथ, विभिन्न स्वादका खानाका स्टलहरू र रिफ्रेसिङ पेय पदार्थ र विभिन्न कलाकारहरूको प्रस्तुति हुनेछ। यस पटकको सांगीतिक साँझलाई तताउन चर्चित कलाकार तथा ब्यान्डहरूको उपस्थिति रहनेछ। कार्यक्रमलाई लोकप्रिय प्रस्तोताहरू रेमन दास श्रेष्ठ, रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जनले सञ्चालन गर्नेछन्।















