कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने
काठमाडौं । नेपाली कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बसेको बैठकले सरकारका काम कारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् । “हरेक मन्त्रालयमा के भइरहेको छ भनेर संसदीय दलका नेताज्यू आफैँ गएर जानकारी लिन सम्भव हुँदैन त्यसका लागि हरेक मन्त्रालयमा संयोजक तोकिएको छ । हिजोको दिनमा पनि यसको अभ्यास थियो, अहिले पनि हामीले त्यही गरेको हो । आगामी दिनमा कसरी अघि बढ्नेलगायत विषयमा छलफल भएको हो । नेपाली कांग्रेस संसदीय दलले छाया सरकारसरहको संरचना तयार गरेर मन्त्रालयगत विभागीय जिम्मेवारी पनि तोकेको छ । जिम्मेवारी तोकेयता पहिलोपटक उक्त संरचनाको बैठक बसेर छलफल गरेको थापाले बताइन् ।
















