कांग्रेसका क्षेत्रीय अधिवेशन असोज १३ भित्र गरिसक्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । यही बिचमा विभिन्न स्थानमा भारी वर्षा भइरहँदा अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो बेला मौसम विभागलगायत विभिन्न निकायले सूचना जारी गरेको सन्दर्भलाई मध्येनजर गरेर असोज १० का लागि तोकिएका प्रदेश सभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मौसमको अवस्था हेरेर गर्न निर्देशन दिइएको छ । आ–आफ्नो क्षेत्रको मौसमको अवस्था हेरी मौसम अनुकुल भएका क्षेत्रमा तोकिएकै मितिमा सम्पन्न गर्न निर्वाचन समितिले भनेको छ । मौसम प्रतिकुल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला र क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र गरिसक्ने विज्ञप्तिमार्फत निर्देशन जारी गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *