सिद्धार्थ बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा विविध कार्यक्रम


काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । देशका विभिन्न स्थानहरुमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुनःप्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ ।

सातै प्रदेशमा कुल ५८१ वटा विभिन्न प्रजातिका बिरुवाहरु रोप्नुका साथै विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाइ कार्यक्रम समेत आयोजना गरिएको बैंकले जनाएको छ । वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बैंकले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *