उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आगामी चैत २ गतेदेखि ६ गतेसम्म आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको मेला कोरोना महामारीको कारण विगतका दुई वर्ष स्थगित भएको थियो । व्यापार मेलामा ३०० बढी स्टल रहनेछन् । चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता हुने महासंघले जनाएको छ । मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । मेलाको मुख्य आकर्षण हस्ताकला उत्पादन रहेने महासंघको भनाइ छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथ निर्माणसम्बन्धी, शिक्षा आदि छुट्टाछुट्टै स्टल राखिनेछ । मेलामा स्वदेशी तथा विदेशी गरी करिब ५० हजार जनाले अवलोकन गर्ने महासंघले जनाएको छ । मेलाले अर्थतन्त्र चलायमान बनाउने महासंघले विश्वास लिएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *