चट्ट परेका चट्याङ माष्टर ।।
चट्ट परेका चट्याङ माष्टर
मुसु मुसु हाँसि सधै बस्छन् ।
नाम परेछ कृष्ण मुरारी
थर रहेछ गौतम हरी ।१
उमेर गाको छैननि भन्छन्
अझै जवानी बनी हिड्छन ।
कोट लगाउँछन जुङा पालि
न्याय दिनमा छैनन् जालि ।२
बुढो भएनि हेरन कस्ता
ज्युंका तिउँछन बीस बर्षे जस्ता ।
हिडि रहन्छन आफनै जोशमा
कमि छैन उनको होसमा ।३
भरखर उनी आधा उमेरका
जहिले हेर्यो देख्छौं भरखरका ।
छैन मनमा खोट उनको
मिठास बोलि भाव छ मनको ।४
निष्कपटज्ञान बहस पारेर
हिड्छन अघि पाईला सारेर ।
मनका भावले खोट दिदैनन्
प्यारो मान्छन् चोट दिदैनन् ।५
तल्लिन हुन्छन सानाठुलामा
बिबेकतामा मायाँ अडाउँन ।
अर्ति दिन्छन हिम्मत बढाउन
जगाई लिन्छन माथि चढाउन ।६
झुट्टा होईन साँचों बोल्ने
कण्ठष्तले हृदय खोल्ने ।
भक्ति भाव सबमा दिने
न्याय भित्र सवदिन रहने ।७
गरे काम जेष्ठमानको
न्याय ल्याए सब समानको ।
हेला थियो बृद्धहरुको
लड्दै ल्याए बृद्ध न्याएको ।८
जगमग गरि जग बसाले
मैहुं भन्ने नेता खसाले ।
बृद्धहरुको आशिष लिए
न्याय रुपि भावना दिए ।।९
बृद्धाहरुको जय जयकार
गर्दै हिड्दा पाए पुरस्कार ।।
कोटी कोटि मेरो भावना
तिमिमा सधै शुभकामना ।।।१०















