अरनिको मा. बिबाट २०३५ सालमा एस.एल.सी. दिएका पहिलो व्याजका साथिहरुको मिलन एवं वनभोज कार्यक्रम
भक्तपुर । अरनिको मा. बि. बाट २०३५ सालमा एस.एल.सी. दिएका पहिलो व्याजका साथिहरुको मिलन एवं वनभोजको कार्यक्रम च्वङा गणेश भक्तपुर सल्लाघारीमा सम्पन्न गरीयो । हाम्रा गुरुहरु प्रेमराज प्याकुरेल, ठाकुरजा पोख्रेल, मोति बहोदुर थापा, चेत वहादुर खड्का त्यसैगरि साथिहरु मदन थापा, रामकृष्ण न्यौपाने, कृष्ण,अम्मर बहादुर केसीको निधन भैसकेकोले उहाँहरुको सम्झनामा बिश्वनाथ ढुङ्गेलले कबिता बाचन गरि १ मिनेट मौन धारण गरीयो ।

उक्त बनभोज कार्यक्रममा २६ जना साथिहरुको सहभागिता रहेको थियो । कृष्णमुरारी न्यौपाने, लक्ष्मण पोख्रेल, बिश्र्वनाथ ढुङ्गेल,हिराकाजि श्रेष्ठ, भुवनसिह थापा, नवराज खडका, कृष्णहरि थापा, लक्ष्मण लुईटेल, धन बहादुर थापा, कुवेर खडका, नकुलजङ थापा, हरीशरण बिष्ट, केदार बिष्ट, राजकुमार श्रेष्ठ, हरीशरण बस्नेत, हरी बहादुर बस्नेत, माधवप्रसाद मिश्र, श्रीकृष्ण मिश्र, मधुसुदन कार्की, मणिराज खडका ,बाबुकाजि तितजु,बाबुकाजि माकजु, डिल्लीराम ढुङ्गेल,तेजबहादुर कार्की, बलराम थापा , बिमला थापा उपस्थित थियो। माथि उल्लेखित साथिहरु मध्ये कृष्णमुरारी न्यौपानेको अध्यक्षतामा कार्यसमिती गठन गर्न सबै साथिहरुको सहमति भएकोले अब बस्ने साथिहरुको बैठकले अन्य पदाधिकारीहरुको चयन हुने कुरा सर्वसम्मत निर्णय गरेको छ

। ४७ बर्ष पछि यसरी भेट हुदाँ चिनारी समेत हुन नसकेकोले हामि माझ हासोंको बाताबरण पनि श्रृजना भयो । सबैले आ आफ्ना परिचयगर्दा सबै जोस जाँगरका साथ बाल्नेशैली अझै प्रष्ट सुन्दा साथिहरुकोअझै बालापन नगएको अनुभुति भएको थियो । कार्यक्रम सञ्चालन मधुसुदन कार्किले गर्नु भएको थियो ।

अन्त्यमा अध्यक्ष कृष्णमुरारी न्यौपानेले सबै साथिहरुको साथ र सहयोगवाट हामी अगाडि बढ्नु पर्दछ , भन्दै यस किसिमको बालापन जम्काभेट गराउँन मुख्य भुमिका खेल्ने कृष्णहरी थापा लगायत सबै साथिहरुलाई धन्यवाद दिदै अब पूनः हामिहरुले यसरी नै रमाईलो गर्ने अवसर मिलाउनु पर्छ भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

















