क्रेष्ट माइक्रो लाइफको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभा प्रयोजनार्थ कम्पनीले जेठ ९ गते बुक क्लोज गरिसकेकोले जेठ ८ गतेसम्म कायम शेयरधनीहरू सभामा उपस्थित भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *