पतञ्जलि जग्गा प्रकरणमा हायात रिजेन्सीका सञ्चालकविरुद्ध पनि मुद्दा

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको जग्गा हिनामिना प्रकरणमा याक एण्ड यती र हायात रिजेन्सीका सञ्चालकविरुद्ध पनि मुद्दा दायर भएको छ ।

अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले बिहीबार राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । यद्यपी राधेश्याम सराफको २०८७ सालमै मृत्यु भइसकेको छ । मृतक सराफ र उनका छोराविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । राधेश्याम सराफको मृत्यु भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनको हकमा अरुण कुमारलाई बिगो असुल उपर गर्ने प्रयोजनार्थ प्रतिवादी बनाइएको छ ।

उनीहरूले हदबन्दीभन्दा बढीको जग्गा चौताराम प्रालिको नाममा दर्ता गराएर त्यो जग्गा पतञ्जलि योगपीठको नाममा पास गराएका थिए । चौतारामको सञ्चालकको हैसियतले अख्तियारले राधेश्यामविरुद्ध पनि अभियोग लगाएको हो । अदालतमा दायर मुद्दामा ५१ लाख रुपैयाँ बिगोसहित कैद सजायको माग गरिएको छ । यसै प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध पनि मुद्दा दायर भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *