रास्वपामा बालेन पक्षलाई महामन्त्री, कुलमान पक्षलाई सहमहामन्त्री र सहप्रवक्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पद काठमाडौं महानगरका प्रमुख बालेन शाह पक्षबाट थपिने भएको छ । बालेन र कुलमानलाई रास्वपासँग मिलाउनका लागि सक्रिय एक नेताका अनुसार महामन्त्री पदमा बालेन पक्षबाट थपिने निश्चित गरिएको छ । रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीका पद थप्ने निर्णय गरेको छ ।

सहमहामन्त्री र सहप्रवक्ता १,१ जना थप्ने निर्णय भएको छ । रास्वपा स्रोतका अनुसार सहमहामन्त्री र सहप्रवक्तामा दुई जना उज्यालो नेपाल पार्टी पक्षका राखिने भएको छ । बालेन पक्षले प्राप्त गर्ने महामन्त्री र कुलमान पक्षबाट हुने सहमहामन्त्री र सहप्रवक्तामा कुन व्यक्ति हुनेबारे निश्चित भई नसकेको जानकारी गराइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *