अदालतको आदेश नआएसम्म धनुषा १ को परिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म धनुषा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजको रिटमा सोमबार पेसी तोकिएको छ । अदालतबाट आदेश नआउँदासम्म रोक्नु भन्ने निर्णय गरेका छौँ, कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *