सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौँ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँमा ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने लागेको हो । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरे । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *