एमाले सचिवालय बैठकमा पाँचजनाले धारणा राखे, भोलि बिहान साढे ११ बजे पुनः बस्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा पाँचजनाले आफ्ना धारणा राखेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा शुक्रबार बसेको बैठकमा जना उपाध्यक्षले धारणा राखेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । नेकपा एमालेले निर्वाचनको परिणामलाई दुईवटा भागमा समीक्षा गर्ने निर्णय गरेको उनको भनाइ छ । उनले भने, भोलिको बैठकमा १२ जनाले आफ्नो धारणा राख्ने छन् । मेरो पनि पालो भोलि नै आउँछ । बैठकमा बोल्ने सचिवालय सदस्यले खुलेर आफ्नो धारणा राख्नु भएको छ । बैठकमा प्रस्तावित कार्यविभाजनमा संशोधन गरेर जानसक्ने सहमतिअनुसार नै छलफल भएको उनले बताए । बैठक पुनः शनिबार बिहान साढे ११ बजे गुन्डुमा बस्ने गरी स्थगित भएको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *