आज क्रियाशील अद्यावधिक नगरे कांग्रेसका जनप्रतिनिधिले महाधिवेशनमा भाग लिन नपाउने

काठमाण्डौं । नेपाली कांग्रेसबाट उम्मेदवार भई जनप्रतिनिधि भएकाहरूले आज मध्यरातसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने भएको छ। यो समयभित्र क्रियाशील अद्यावधिक नभए उनीहरूले असोजमा हुने १५ औं महाधिवेशनमा भाग लिन पाउने छैनन्। ‘कांग्रेसको क्रियाशील सदस्य रहेका संघीय संसदका सबै सदस्यहरू, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूले जेठ २७ गतेभित्र आफ्नो क्रियाशील सदस्यता अनिवार्य रूपमा अद्यावधिक गर्न अनुरोध गरिन्छ,’ महामन्त्री प्रदीप पौडेल संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले भनेको छ।

साथै पार्टी केन्द्रीय समितिमा पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू, जिल्ला, प्रदेश सभा क्षेत्र, पालिका र वडा समितिका पदाधिकारी र सदस्यहरूलाई पनि आज जेठ २७ गते मध्यरातसम्म क्रियाशील अद्यावधिक गरिसक्न भनेको हो। भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई पनि आज मध्यरातभित्रै क्रियाशील अद्यावधिक गर्न कांग्रेसले समय दिएको छ। कांग्रेसले जेठ १ गतेदेखि क्रियाशील अद्यावधिक कार्य गरिरहेको छ। उक्त कार्य क्रियाशील सदस्य मात्रैका हकमा भने भोलि मध्यरातसम्म पनि अद्यावधिक गर्न सकिने पार्टीले जनाएको छ। कांग्रेसले गत पुससम्म नवीकरण र नयाँ क्रियाशील लिएकाहरूलाई थप विवरण माग गर्दै अहिले अद्यावधिक गरेको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *