प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबिच सम्झौता


काठमाण्डौं । प्रभु बैंक लिमिटेड र सिप्रदी टेडिङ् प्रा.लि. बीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी टेडिङ् प्रा.लि.का तर्फबाट महाप्रबन्धक शावन्तजंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरे । प्रभु बैंक र सिप्रदी टेडिङ् प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी टेडिङ् प्रा.लिबाट ग्राहकहरुले टाटा मोटर्स अन्र्तगतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *