जावलाखेल डिस्टिलरीद्वारा ‘रुस्लान’ आरटीडी पेय सार्वजनिक

काठमाण्डौं । जावलाखेल डिस्टिलरी प्रा. लि.ले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) विधामा नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ बजारमा ल्याउँदै आरटीडी श्रेणीमा अग्रणी फड्को मारेको जनाएको छ। कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा यो उत्पादन प्रस्तुत गरिएको हो। ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) समेटिएको ‘रुस्लान’ विशेषगरी फरक स्वाद र नयाँ अनुभव खोज्ने युवापुस्तालाई लक्षित गरी तयार गरिएको बताइएको छ। अभिव्यक्तिशील र अनुभव–केन्द्रित युवाको बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै उत्पादन विकास गरिएको कम्पनीको भनाइ छ। मौलिकता, आत्मविश्वास र व्यक्तिगत पहिचानलाई प्रतिनिधित्व गर्ने ब्रान्डका रूपमा ‘रुस्लान’लाई स्थापित गर्ने योजना बनाइएको छ।

विश्वव्यापी रूपमा लोकप्रिय ‘पीच आइस टी’ स्वादलाई अल्कोहोलिक स्वरूपमा रूपान्तरण गर्दै सहज रूपमा पिउन मिल्ने आधुनिक पेयका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। सन्तुलित ५ प्रतिशत अल्कोहोल मात्राले परिचित स्वादमा नयाँपन थप्ने प्रयास गरिएको उल्लेख छ। २७५ मिलिलिटर क्यानमा उपलब्ध ‘रुस्लान’ हाल काठमाडौंका केही चयनित पसलहरूमा प्रतिक्यान रु २२५ मा बिक्री भइरहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले ‘रुस्लान’मार्फत नेपालमा आरटीडी पेयको नयाँ अध्याय सुरु हुने अपेक्षा गर्दै आगामी दिनमा बजार विस्तार गर्ने रणनीति अघि बढाएको जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *