सुर्खेत–१ मा नेपाली कांग्रेसका खड्का अगाडि
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उमेदवार विष्णुबहादुर खड्का अगाडि रहेका छन् । खड्काले चार हजार ६६१ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का ध्रुवकुमार शाहीले तीन हजार २९८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले दुई हजार ९१६ मत रहेको छ । अन्य उमेदवारहरूमध्ये नेकपाका जितबहादुर रानाले ३३६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठकुरीले १४० मत, श्रम संस्कृति पार्टीका वीरबहादुर रानाले ७७ मत प्राप्त गरेका छन् ।
















