आईजीपीमा फर्काउने कार्कीको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भएको छलफलपछि कार्कीलाई आईजीपीमा फर्काउनुपर्ने मागमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो । सर्वोच्चले अन्तिम फैसलामा विचार हुने विषय रहेको बताउँदै तत्कालका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणबिनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबीसहित कार्कीले रिट दिएका थिए । मन्त्रिपरिषद्को गत कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो । सरकारबाट डा. मनोज केसीलाई प्रहरी प्रमुख बनाउने गरी भएको निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेश जारी हुनुपर्ने मागसहित कार्कीले सर्वोच्चमा रिट दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *