नेपाल बैंकर्स संघको अध्यक्षमा रेग्मी
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारणसभाले कुमारी बैंकका सीईओ रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी, चार जना कार्यकारिणी सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् । संघको कार्यकारिणी सदस्यमा नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय, सानिमा बैंकका सीईओ पवनकुमार आचार्य, सिद्धार्थ बैंकका सीईओ रामेश्वरप्रसाद बस्याल र एनएमबि बैंकका सीईओ गोविन्द घिमिरे निर्वाचित भएका छन् । नयाँ कार्यसमितिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निवर्तमान अध्यक्षका रूपमा रहनेछन् । त्यस्तै, नबिल बैंकका सीईओ मनोजकुमार ज्ञवाली, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा सीईओ रामकुमार तिवारी र प्राइम कमर्सियल बैंकका सीईओ सञ्जीव मानन्धर सदस्य रहेका छन् । यसैगरी, हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा संघको सल्लाहकार रहेका छन् ।

















