राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित … पूरा पढ्नुहोस् »

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको अपिल

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण … पूरा पढ्नुहोस् »

एनसेलको प्रधान कार्यालयमा आगजनी

काठमाडौं । जेनजी प्रदर्शनकारीले एनसेलको प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् । उनीहरुले लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा आगजनी गरेका हुन् । अहिले आन्दोलनकारी सडकका चोक–चोकमा बसेर टायर बालिरहेका छन् ।

देश जेनजीको नेतृत्वमा,सार्वजनिक सम्पत्तिमा जोगाउन अपिल

काठमाडौं । जेनजी आन्दोलनले संघर्षबाट सत्ता ढलेकोले अब सार्वजनिक सम्पत्ति क्षति पुराउनु काम नगर्न अपिल गरेको छ । सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु नै अबको … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो … पूरा पढ्नुहोस् »

चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी

काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् । उनीहरूले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

वार्तामा आउन जेनजीलाई राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीलाई वार्तामा आउन अपिल गरेका छन् । मंगलबार वक्तव्य जारी गर्दै संयमित हुन र मुलुकलाई अरु क्षति हुन नदिन आग्रह गरेका छन् । लोकतन्त्रमा नागरिकले … पूरा पढ्नुहोस् »

नेपाल र नेपाली जनताको रक्षा गर्न प्रतिबद्ध छौँ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे विश्लेषण गरिरहेको जनाएको छ । मंगलबार (भदौ २४) विज्ञप्ति जारी गर्दै सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय … पूरा पढ्नुहोस् »

भाटभटेनीका स्टोरमा तोडफोड र आगजनी

काठमाडौं । प्रदर्शनकारीले भाटभटेनीका स्टोरहरुमा तोडफोड गरेका छन् । उनीहरुले नक्सालस्थित भाटभटेनी स्टोरमा तोडिफोड र आगजनी गरेका छन् । त्यसैगरी विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको छ । मंगलबार … पूरा पढ्नुहोस् »

सर्वोच्च, विशेष र काठमाडौं अदालतमा आगजनी

काठमाडौं । ‘जेनजी पुस्ताको प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरूमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए । आन्दोलनकारीले महान्यायाधिवक्ता … पूरा पढ्नुहोस् »